नियम १८
भरी भराउसम्बन्धी व्यवस्था

ऐनबमोजिम नेपाल सरकार वादी भै चलेको मुद्दामा अदालतको अन्तिम निर्णयबमोजिम कुनै गैरसरकारी व्यक्तिलाई भरी भराउ गरिदिनु पर्ने
चलन चलाइ दिनु पर्ने वा अरू केही कुरा गरी दिनु पर्ने रहेछ भने सो मुद्दामा पुनरावेदन दायर गर्न म्याद नाघेको मितिले साधारणतया सात दिनभित्र सुरु अदालतले पुनरावेदन परे नपरेको बुझी पुनरावेदन नपरेकोमा तुरुन्त र पुनरावेदन परेकोमा पुनरावेदनको आखिरी टुङ्गो लागेको जनाउ आफूकहाँ दाखिल भएपछि त्यस्ता गैरसरकारी व्यक्तिको हकमा त्यस्तो सूचना तामेल भएको मितिले प्रचलित कानूनबमोजिम भरी भराउ गराइ माग्ने, चलन चलाई माग्ने वा अरू केही कुरा गराइ माग्ने म्यादको गणना गरिने छ ।